डा. गोविन्द केसीसँग छलफल शुरू भइसकेको छ : मन्त्री पाेखरेल
काठमाण्डाै । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनुभएको छ ।
अनशनरत डा. केसीले उठाएका मागबारे सरकारको ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनुभएको छ । डा. केसी हिजोदेखि धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ ।
उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा नियम विपरीत गरिएका गैरकानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ ।

