ब्राजिललाई २–१ गोलले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गर्नुभएको हो । उहाँले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गर्नुभएको थियो । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गर्नुभएको थियो । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गर्नुभएको हो । त्यस्तै उहाँले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गर्नुभयो ।

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।