आज पनि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भरे राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।