रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपिन आचार्य विजयी हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा भएको मतदानमा आचार्य विजयी हुनुभएको हो । उहाँसँग मनिस झा पराजित हुनुभएको छ । आचार्य महामन्त्री पदमा निर्वाचित भए लगत्तै उहाँका प्रतिद्वन्द्वी झाले बधाई दिनुभएको छ ।
नवनिर्वाचित महामन्त्री आचार्यले अहिले पार्टीलाई मिलाएर लानुपर्ने आवश्यक रहेको बताउनुभएको छ ।

