आइसिसी विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
काठमाण्डौ । नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो ।
१५ सदस्यीय मुख्य टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ। टोलीमा लेग स्पिन सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत् हुनुहुन्छ । यसैगरी टोलीमा इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाउन सफल हुनुभएको छ ।
मुख्य टोलीका अतिरिक्त पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहनुभएको छ।
नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय शृङ्खलाका क्रममा लिग–२ अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ ।

