एमालेमा नयाँ ऊर्जा भर्न कार्यकर्तालाई एमाले वरिष्ठ नेता भण्डारीको आह्वान [पूर्ण पाठ]

काठमाण्डौ । नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्दै संगठनलाई थप सुदृढ बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा भएको पराजयबाट निराश नभई कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउनु भयो। एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै उहाँले जनताको विश्वास पुनः आर्जन गर्न नेता तथा कार्यकर्ताको कार्यशैली र जीवनशैलीमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवाद ९जबज० लाई व्यवहारमा कार्यान्वयन गर्दै पार्टीलाई अनुशासित, एकताबद्ध, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, युवाको निराशा, बेरोजगारी र विदेश पलायन रोक्न स्वदेशमै रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

भण्डारीले संविधान, लोकतान्त्रिक मूल्य, विधिको शासन, स्वतन्त्र प्रेस र संवैधानिक संस्थाहरूको मर्यादा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै राजनीतिक प्रतिशोधभन्दा संवाद, सहकार्य र राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो ।

पार्टीका जनसंगठन र जनप्रतिनिधिहरूलाई जनताको समस्या समाधानमा केन्द्रित हुन आग्रह गर्दै उनले आगामी निर्वाचनलाई लक्षित गरी जनविश्वास र समर्थन बढाउने गरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतका उपलब्धिबाट प्रेरणा लिँदै कमजोरी सच्याएर एमालेलाई भरोसायोग्य र निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्न सबै नेता तथा कार्यकर्तालाई संकल्प गर्न आह्वान समेत गर्नुभयो ।

पूर्ण पाठ :