काठमाडौंका विभिन्न स्थानमा १२ दिन दैनिक ७ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि मंसिर ३ देखि १४ गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो।

प्राधिकरणका अनुसार हरेक दिन बिहान १०:३० देखि अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कुन दिन कुन क्षेत्रमा विद्युत् अवरुद्ध हुन्छ भन्ने विवरण यस्तो छ :

मंसिर ३ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा।

मंसिर ४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म।

मंसिर ५ गते : कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा।

मंसिर ६ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा।

मंसिर ७ गते : कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा।

मंसिर ८ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा।

मंसिर ९ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा।

मंसिर १० गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म।

मंसिर ११ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गेअड्डासम्म।

मंसिर १२ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ ए र ईडीटीआर ८ क्षेत्रमा।

मंसिर १३ गते : थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म।

मंसिर १४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म।

प्राधिकरणले मौसम प्रतिकूल भएमा उक्त तालिका रद्द हुन सक्ने जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।