एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्यलाई चीनको समर्थन
एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण तथा डेटा व्यवस्थापनसम्बन्धी नियम निर्माणको समर्थन गर्नुभएको छ।
चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गर्नुभएको छ। साथै, सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपति सीले क्षेत्रीय आर्थिक एकीकरण, स्वतन्त्र व्यापार र साझा विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
यसैबीच, सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विभिन्न देशका नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए ।

