कोशी र गण्डकीको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ ।  आज बिहान तराईका भू–भाग, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लागेपनि बाँकी भागमा मौसम मूख्यतया सफा रहने अनुमान छ ।

आज कोशी र गण्डकीकोे हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार भोलि बिहीबारदेखि भने केही दिन पानी पर्ने सम्भावना छैन । शनिबारसम्म पहाडी र हिमाली भागमा आंशिक बादल लागेपनि पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।