त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको बर्न अस्पतालमा मृत्यु
काठमाण्डौ । त्रिपुरेश्वरमा आगजनी भएको बसका चालक २५ वर्षीय अर्जुन दावा लामाको मृत्यु भएको छ । लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
लामाले सोमबार ट्राफिक प्रहरीसँग विवादपछि आफूले चलाउँदै आएको रिद्धिसिद्धी यातायताको बसमा आगजनी गरेका थिए । बसमा आगजनी गरेर बाहिर ननिस्किएका उनको घाइते अवस्थामा उद्धार गरिएको थियो ।
उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका उनको गएराति मृत्यु भएको हो ।

