आज कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ । आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज राति कोशीको हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ ।
गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैजसो ठाउँमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी कास्की, लमजुङ, नुवाकोट र झापालगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।

