पूर्वराष्ट्रपति भण्डारीद्वारा लघुवित्त पीडितसँग भेट

काठमाण्डौ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लघुवित्त पीडितसँग भेट गर्नुभएको छ ।

उहाँले आज माइतीघर मण्डल पुगेर पूर्वराष्ट्रपति भण्डारीले लघुवित्त पीडितलाई भेटेर जानकारी लिनुभएको हो।

लघुवित्त पीडितले भण्डारीलाई आफ्नो समस्या सुनाएका थिए । उनीहरू आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह समेत गरेका छन्।

लघुवित्त पीडित आन्दोलनमा छन्।