पूर्वराष्ट्रपति भण्डारीले दिनुभयो राहदानीका लागि बायोमेट्रिक विवरण
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन आवश्यक बायोमेट्रिक विवरण दिनुभएको छ ।
भण्डारीले आज मंगलबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर राहदानीका लागि आवश्यक तस्बिर तथा औंठाछापसहितका बायोमेट्रिक विवरण दिनुभएको हो ।
राहदानी विभागबाट प्रदान गरिने विद्युतीय राहदानीको प्रक्रियाअन्तर्गत उहाँले बायोमेट्रिक विवरण दर्ता गराउनुभएको छ ।
सोहि अबसरमा पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय राहदानी वितरणमा देखिएको समस्या तथा सेवाग्राहीले भोग्दै आएका समस्याबारे समेत चासो व्यक्त गर्नुभएको थियो। उहाँले राहदानी वितरणका क्रममा देखिएका समस्या समाधान तथा सेवाग्राहीका गुनासो सम्बोधनबारे जानकारी लिनुभएको थियो ।




