प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे बस्दैछ।
आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बिहान ११ः०० बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ।

