मदन भण्डारी फाउन्डेसनद्वारा ‘स्टेट, सोसाइटी एण्ड डेभ्लपमेन्ट’ जर्नलको चौथो अंक विमोचन

काठमाडौं । मदन भण्डारी फाउन्डेसनद्वारा प्रकाशित अनुसन्धानमूलक जर्नल ‘स्टेट, सोसाइटी एण्ड डेभ्लपमेन्ट: पी.एम.पी.डी. प्रस्पेक्टिभ्स’ को चौथो अंक एक कार्यक्रमका बीच विमोचन गरिएको छ।

काठमाडौंमा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एवम्  जर्नलका प्रधान सम्पादक तथा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले जर्नलको चौथो अंक सार्वजनिक गर्नुभयो।

May be an image of dais and text

May be an image of one or more people, dais and text that says 'PMPD Perspectives Volume 4 Issue 1, 2026 Date: Shrawan 3, 2083 Time: 12:30P 12:30PM PM Venue: MBF iumHal andariFoundation andari Foundation MMKA /'

कार्यक्रममा जर्नलको सम्पादन मण्डलका तर्फबाट प्राध्यापक डा. ध्रुव अधिकारीले यस अंकमा समेटिएका लेख र अनुसन्धानका विषयवस्तुबारे जानकारी गराउनुभयो। उहाँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सैद्धान्तिक र व्यावहारिक पक्षहरूमाथि केन्द्रित रहेर विभिन्न प्राज्ञ तथा लेखकहरूले योगदान पुर्‍याएको बताउनुभयो।

May be an image of dais

यस अंकमा सुशील प्याकुरेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्राध्यापक अरुण गुप्ता, टीकाप्रसाद ढकाल, भरतराज पहाडी, अर्जुनकुमार बराल, हरिबहादुर छन्, गोकर्णप्रसाद ज्ञवाली, रुद्रबहादुर चर्मकार, कपिलदेव पोखरेल र रामशरण सेराईका लेखहरू समावेश छन्। यी लेखहरूले जबजको दर्शन, लोकतन्त्र, मानव अधिकार, मार्क्सवादको समकालीन व्याख्या र परराष्ट्र नीति जस्ता विषयलाई पी.एम.पी.डी. दृष्टिकोणबाट विश्लेषण गरेका छन्।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी, राजदूतहरू, पूर्व सांसदहरू, प्राध्यापकहरू र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा जर्नलको महत्त्वमाथि प्रकाश पार्दै डा. टीकाप्रसाद ढकाल, स्वेच्छा सङ्ग्रौला, सिनासका कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्की र यूजीसीका पूर्व अध्यक्ष प्रा.डा. गणेशमान गुरुङले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

फाउन्डेसनले हरेक वर्ष प्रकाशन गर्दै आएको यो जर्नलले नेपालको मौलिक राजनीतिक अनुभव र जबजको दर्शनलाई विश्वव्यापी बौद्धिक समुदायमाझ पुर्‍याउने उद्देश्य राखेको छ। कार्यक्रमका वक्ताहरूले यस प्रकारका प्राज्ञिक बहसले नेपाली राजनीतिक चिन्तनलाई थप परिष्कृत र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।

May be an image of one or more people, people studying and dais

May be an image of dais and text