बझाङ जीप दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।
त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताउनुभयो । उहाँका अनुसार घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

