आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले बताएको छ ।