रास्वपा केन्द्रीय समिति बैठक चितवनमा सुरु

काठमाण्डौ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनमा सुरु भएको छ । शनिबार दिउँसो भरतपुरमा बैठक बसेको हो ।

पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधान संशोधनलगायत विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिन्भयो ।