
मदन भण्डारी मेमोरियल कलेजलमा त्रिवि केन्द्रीय पुस्तकालयद्वारा ई–लाइब्रेरी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्ना शिक्षक वर्ग एवम् कर्मचारीहरुको लागि ई–लाइब्रेरी (टियूसिएल) मार्फत र ई–स्कूल (एमबिएमएस) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । शुक्रबार कलेजको सेमिनार हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयकको लाइब्रेरी अफिसर विजय शर्माले ई–रिसोर्सेसको प्रयोग, डिजिटल लाइब्रेरी निर्माण, पुस्तकालय व्यवस्थापनलगायतका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले एमएलए र एपीए ढाँचाहरू, लेखन प्रविधि, प्रतिलिपि अधिकार, र उद्धरण विधिहरूमा निर्देशन दिनेदेखि लिएर मानव संसाधन व्यवस्थापन र डाटाबेस व्यवस्थापनमा अन्तरदृष्टि प्रदान गर्नका लागि आधुनिक पुस्तकालय अभ्यासहरूका लागि आवश्यक विषयहरूको बारेमा विस्तृतमा बताउनुभएको थियो ।
कलेजका प्रमुख डा.बाबुराम अधिकारीले कार्यक्रमको सुभारम्भ गर्दै प्रविधीमैत्री पुस्तकालय आजको आवश्यकता भएको जिकिर गर्नुभयो । यस किसिमका कार्यक्रमहरुले शिक्षण प्रणलीमा नयाँ अभ्यासको थालनी हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । शिक्षक एवम् कर्मचारीले प्रविधीमार्फत अध्ययन, अनुसनधानका लागि पर्याप्त ज्ञान लिएर कक्षाकोठा एवम् कार्यक्षेत्र दुवैमा राम्रो प्रगति हाँसिल गर्न सक्ने उहाँको तर्क छ ।
सो कार्यक्रममा कलेजको शिक्षण र गैर शिक्षण संकायका गरी ५० जना सदस्यहरुको सहभागीता रहेको थियो ।