६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

