आज पनि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ ।   आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेश र कोशी प्रदेशको तराईको एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ ।  पछिल्लो ६ घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा कञ्चनपुरमा १२१ मिलिमिटर र कपिलवस्तुमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले भने वर्षा केही कम हुँदै गएको छ ।

विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ ।