पञ्जाबको चेन्नाईविरुद्ध सहज जित, सातौँ स्थानमा पञ्जाब

एजेन्सी । बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा पञ्जाब किंग्सले चेन्नाई माथि ७ विकेटको सहज जीत हासिल गरेको छ ।

चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले ३ विकेट गुमाएर १३ बल बाँकी रहदाँ प्राप्त गरेको हो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६, राइली रुसोले ४३ रन बनाएका थिए।

ओपनर प्रभसिम्रन सिंह १३ रनमा आउट भए भने स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहेका थिए ।

टस हारेर पहिले ब्याटिङको गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोडेको थियो । चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४८ बल खेल्दै सर्वाधिक ६२, ओपनर अजिंक्या राहानेले २९ रन जोडेका हुन् ।

साथै समिर रिज्विले २१ रन, मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाएका छन् । शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १–१ विकेट लिएका थिए ।पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले समान २–२ विकेट र कागिसो रबाडा र अर्शदिप सिंहले १–१ विकेट हासिल गरेका हुन् ।

यस जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा आएको छ भने चेन्नाई १० खेलमा १० अंक सहित चौथो स्थानमा पुगेको छ ।

आईपिएलको तालिका अनुसार बिहिवार एकमात्र खेल सनराईजर्स हैदराबाद र राजस्थान रोयल बिच हुने छ ।