नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी –२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । पाँच खेलको टी–२० श्रृङ्खला एकरएक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

श्रृङ्खलाको चौथो खेल भोलि (बिहीबार) र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । आजको खेलको प्रदर्शनका आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपका लागि छनोट गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आजसम्ममा सहभागी हुने सबै २० देशका लागि नाम टुङ्गो लगाउन यसअघि नै निर्देशन दिएको थियो ।

भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका केही देशले आफ्ना खेलाडीको टुङ्गो लगाइसकेका छन् ।