कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाउनु भएको हो ।

शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् ।