डा. अन्जना शाक्यले लिइन् राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट पूर्वराजदुत समेत रहेकी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रियसभाको सदस्य पदमा मनोनीत गरेका थिए । शपथ लिएपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रियसभाको गरिमा उचाइमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् ।