पाँचवटा दमकल प्रयोग गरी निभाइयो शंखमुलको आगो, ८ पसल र तीन घरमा क्षति
काठमाण्डौ । पौने १ बजेदेखि सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
त्यस्तै आगलागीबाट ८ पसल र तीनवटा पक्की घर जलेका छन् । आगो निभाउन पाँच वटा दमकल प्रयोग गरिएको एसपी अधिकारीले बताए ।