हत्या गरेर फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ

काठमाण्डौ । हत्या गरेर फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् ।

म्याग्दी कुहु गाविस वडा–५ का ४७ वर्षीय समरबहादुर सार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका डिएसपी सुरक्षा केसीका अनुसार उनलाई आइतबार काठमाण्डौको चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीमाथि २०७१ कार्तिक १ गते फुपुकी २३ वर्षीया छोरी सुनमाया किसान (सार्की) हत्या गरेको आरोप छ ।

सुनमायाको हत्यापश्चात उनी भारत भागेको र केही दिन अघि सेतीदेवी गाविस वडा–६ तौथलीमा रहेका बुबालाई भेट्न आउँदा पक्राउ गरेको डिएसपी केसीले बताउनुभयो ।