बझाङ उपनिर्वाचन : ४३ प्रतिशत मत खस्यो
काठमाण्डौ । बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भई रहेको छ ।
निर्धारित समय ७ बजेदेखि नै मतदान गर्न मतदाता मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
अहिलेसम्म ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र–१ ९क० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको पनि मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । बझाङमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

