मदन भण्डारी मेमोरियल कलेजमा ‘आईसीटी डे २०२४ मा अन्तर्राष्ट्रिय महिलाहरु’ विषयक छलफल कार्यक्रम

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेज अन्तर्गत स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीको सिलिकन इभि (एमबिएमसी टेक) कल्बले वान कभरको प्रविधिक सहयोगमा ‘आईसीटी डे २०२४ मा अन्तर्राष्ट्रिय महिलाहरु’ विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

आज (बिहीबार) कलेजको सेमिनार हलमा सूचना र सञ्चार प्रविधि (आईसीटी) कार्यक्रमको आयोजना भएको थियो । क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले कार्यक्रमको शुभारम्भ गर्दै कलेजले छात्राहरुको शैक्षिक विकासको मामिलामा नयाँ अवसरहरु सिर्जना गरिरहेको बताउनुभयो ।

त्यस्तै, क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पनि सूचना प्रविधीको क्षेत्रमा नेपाल अब्बल बन्दै गएको बताउनुभयो । छात्राहरुको सूचना र सञ्चार प्रविधिमा सहभागीताले शिक्षा क्षेत्रमा सुधार देखिने पनि उहाँको तर्क थियो ।

कार्यक्रमका वक्ता एवम् कलेजका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी प्रमुख फुलबाबु झाले आईसीटीमा महिलाहरुको नवप्रवर्तन सोचाइ, पहुँच र सुरक्षाका बारेमा प्रकाश पार्नुभयो । त्यस्तै, वक्ताद्वय आशिका दाहाल र प्रेरणा सापकोटाले आईसीटीमा महिलाहरुले भोगेका समस्या र उद्यमशीलता एवम् आईसीटीमा महिलाहरुको अवसरको बारेमा बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले र सबै सहभागी र विद्यार्थीहरूलाई सूचना र सञ्चार प्रविधिमा उज्ज्वल भविष्यको कामना गर्नुभयो ।