इलामको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा अध्यक्ष ओली भद्रपुरमा

काठमाण्डौ । झापा–इलामको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा नेकपा एमालेका अध्यक्ष ओली केपी शर्मा ओली भद्रपुर विमानस्थलमा झापामा पुग्नु भएको हो ।

अध्यक्ष ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जानु भएको हो । जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानुहुनेछ ।

उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको आमसभाको आयोजना गरेको छ । चुनाव प्रचारका लागि आज अन्तिम दिन भएकोले आजको आमसभाको विशेष अर्थ रहने इलामेलीहरुले बताउछन् । अध्यक्ष ओलीले वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाीसभालाई सम्बोधन गर्नुभएको हो ।

गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित साँसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।