बागमतीले कर्णालीलाई हरायो

काठमाण्डौ । शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा कर्णालीलाई ७ विकेटले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा कर्णालीले दिएको १२१ रनको लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८÷२८ रन बनाए ।
कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र युनिश ठकुरीले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाएको थियो ।
कर्णालीका विपिन शाहीले ५१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बागमतीका गौतम केशीले ५ र सोनु देवकोटा र रिजन ढकालले समान २÷२ विकेट लिए ।