पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरवबाट’ सम्मानित गरिने

काठमाण्डौ । नेकपा एमालेले हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ।

गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले तत्कालीन एमालेउपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।सो सम्मान वैशाख १० गते प्रदान गरिने एमालेले जनाएको छ।

प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएको राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताउनुभयो ।