पेमेन्ट गेटवेमा दोषी ठहरिएका सुनीलविरुद्ध २३ करोड बढिको बिगो दाबी
काठमाण्डौ । पेमेन्ट गेटवेमा दोषी ठहरिएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध २ दिनपछि अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित आज मुद्दा दायर गरेको हो ।
पौडेल बहालमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ स्रोत खुलेको आय देखिएको साथै खर्च भने २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी देखिएकाले २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रूपैयाँबराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
शुक्रबारमात्र विशेष अदालतले पेमेन्ट गेटवेमा पौडेलसहित ८ जनालाई दोषी ठहर्याएको थियो । २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगोको उक्त मुद्दाको सजाय निर्धारणका लागि भने वैशाख २५ गते पेशी तोकिएको छ ।