विपिन जोशीको रिहाइका लागि पहल गर्ने प्रधानमन्त्री ‘प्रचण्डको प्रतिवद्दता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले प्यालेस्टाइनको विद्रोही समूह हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि कतारका राजासँग कुरा राख्ने बताउनुभएको छ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार आउँदै हुनुहुन्छ। आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सोही भ्रमणको समयमा विपिन जोशीको रिहाइका विषयमा कुरा राख्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आज बिहानै आफूले कुवेतको एउटा टिभीलाई अन्तर्वार्ता दिएको र विपिन जोशीको रिहाइका निम्ति कतारले खेल्न सक्ने भूमिकाको बारेमा स्पष्ट पारेको समेत बताउनुभयो ।

अक्टोरबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इसराइल पुगेका १० नेपाली विद्यार्थी मारिएका थिए। सोही दिन हमासले विपिन जोशीलाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो।