सुनको भाउ आज यथावत्, चाँदीको बढ्यो

काठमाण्डौ । अस्ति (शुक्रबार) रेकर्ड बनाएको सुनको भाउ आज (आइतबार) यथावत् रहेको छ । शुक्रबार सुन तोलामा सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज भने भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । चाँदी भाउ २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।