बाढिका कारण यूएईमा एक नेपालीको मृत्यु
काठमाडौँ — युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
यूूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको पनि दूतावासले जनाएको छ ।
यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ । जसका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको छ ।
सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको र पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।