सल्यानमा बस दुर्घटना, १४ जना घाइते

काठमाण्डौ – सल्यानमा बस दुर्घटना भएको छ ।

बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा.१ ख २०८५ नम्बरको बस बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।