एकीकृत समाजवादीले सुध्रने सङ्केत देखाएन : केपी ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओलीले आक्रोश पोख्नुभएको हो ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादलाई नाङ्गो ढङ्गले प्रस्तुत गरेको आरोप लगाउनुभयो । एकीकृत समाजवादीले यसअघि सुदूरपश्चिममा पहिलो कार्यकाल नागरिक उन्मुक्ति पार्टीलाई सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको तर अहिले अवसरवादमा फसेर कांग्रेससँग मिलेको उहाँको भनाइ छ ।

एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको र सुध्रने सङ्केत नदेखाएको एमाले अध्यक्ष ओलीले आरोप लगाउनुभयो । नयाँ गठबन्धनबाट नागरिकमा आशा पलाइरहेको बेलामा विपक्षीहरूको आशा पलाउने गरी एकीकृत समाजवादीले कदम चालेको ओलीको भनाइ छ ।