एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।
एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।
यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।