अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमन्त्रालयले जगेडामा तान्यो
काठमाण्डौ । गृहमन्त्रालयले छानबिनका लागि अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई मन्त्रालय तानेको छ ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।