त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।
उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए ।