प्रचण्ड र माधवले कोशीमा उत्पात मच्चाए : एमाले अध्यक्ष ओली
काठमाण्डौ । कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेको आरोप लगाउनु भएको छ ।
आज (बिहीबार) भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा उहाँले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको टिप्पणी गर्नु भएको छ । उहाँले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने र जनतालाई अन्यायको राज हुन नदिने उल्लेख गर्नु भएको छ ।
उहाँले राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने बताउनुभयो ।
अध्यक्ष ओलीले कहिले कहिले नेपालीहरू न्यायका लागि मात्रै नभई अर्काका लागि पनि लडेको भन्दै उनीहरुले तिमीले हाम्रो नुन खाएकोले हाम्रै सोझो चिताउनुपर्छ भनेर समेत भन्न सक्ने बताउनुभयो ।