काठमाण्डौका सामुदायिक विद्यालयमा ६ महिनाका लागि स्वयंसेवक परिचालन

काठमाण्डौ ।  काठमाण्डौ  महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।

विद्यालयलाई सफा राख्न, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउने सजावटका क्रियाकलाप गर्न ४ सय ३७ जना आवेदकबाट सर्टलिष्टमा २ सय ४७ जना छानिएका थिए ।तीमध्ये अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना तथा वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि १ सय जना छानिएका छन् । उनीहरुका लागि ४ दिनको तालिम दिइएको छ ।

यसपछि बाबा कार्यक्रमका लागि छानिएका स्वयंसेवकहरुलाई विद्यालयका फोकल शिक्षकहरुसँगै ४ दिनको थप तालिम दिएर परिचालन गरिएको हो । तालिमको समापनपछि र विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकारको जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

हरेक स्वयंसेवकले हप्ताको २ दिन (बिहीवार र शुक्रवार) विद्यालयका लागि समय उपलब्ध गराउनु पर्नेछ ।