नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल २४ सै घण्टा खुला हुने
काठमाण्डौ । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।
आज (बिहीबार) ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुभएको हो।
गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ ।
यद्यपी ठमेल भगवानबहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्मे व्यवसाय सञ्चालन गराउन नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताउनुभयो ।