पूर्व राष्ट्रपति भण्डारीद्वारा इदुल फित्रको अवसरमा शुभकामना
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकाना व्यक्त गर्नुभएको छ । आज बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका कामना गर्नुभएको छ ।
सन्देशमा उहाँले ईद (इदुल फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउँने विश्वास व्यक्त गर्नुभएको छ ।