लुम्बिनीका मुख्यमन्त्री महराद्वारा शपथ ग्रहण

काठमाण्डाै ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिनुभएकाे हाे ।

माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार पनि गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।

अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्छ । आज नियुक्त भएका कुनै पनि मन्त्रीको मन्त्रालय तोकिएको छैन ।

पाँच वटा राजनीतिक दलका ४७ जना र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।