उपनिर्वाचनका निम्ति बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

बझाङमा हुन लागेको उपनिर्वाचनका निम्ति १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएअनुसार बझाङ क्षेत्र नम्बर–१ ‘क’का निम्ति १२ जनाको उम्मेदवारी दर्ता गरिएको छ ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा १२ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत मानबहादुर धामीका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का‚ नेकपा (एमाले)का दमनबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।नेकपा (माओवादी केन्द्र)का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा आउँदो वैशाख १५ गत उपनिर्वाचन हुन लागेको हो ।