शेयर बजार दोहोरो अङ्कले बढ्यो
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अङ्कले बढेर २ हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज (बुधबार) शेयर बजार दोहोरो अङ्कले बढ्दा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको हो ।
आज सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे ९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे ७ प्रतिशतले ओरालो लागेको छ ।
आज ४२ लाख ३७ हजार कित्ता शेयर १ अर्ब ५१ करोड रुपैयाँमा कारोबार हुदा सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर ७ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।