फ्रेन्डशिप कप क्रिकेटमा नेपालसंग गुजरात ८ विकेटले पराजित

काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । आज (आइतबार) गुजरातको वापीमा भएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको हो ।

गुजरातले दिएको ९९ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै नट आउट ३३ र अनिल साहले नट आउट ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आसिफ शेखले १६ रन बनाए । बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायो । गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका गुल्सन झाले ४, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।

शृङ्खलामा नेपाल र बरोडा मंगलबार खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।