काठमाण्डौका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना निकालेर निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो ।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने महानगरको भनाई छ ।
महानगरपालिका अन्तर्गतको शिक्षा विभागले निकालेको सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ ।